दफा ३७
मौखिक प्रमाण
(१) कुनै कुरा प्रमाणित गर्न यस ऐन बमोजिम लिखत नै पेश गर्नुपर्ने अवस्थामा बाहेक अन्य अवस्थामा मौखिक प्रमाणद्वारा प्रमाणित गर्न हुन्छ ।
(२) मौखिक प्रमाण प्रत्यक्ष हुनुपर्छ, अर्थात देख्न, सुन्न वा कुनै इन्द्रियको सहायताले थाहा पाउन सकिने कुनै कुरालाई प्रमाणमा दिन खोजिएको भए, सो कुरा प्रत्यक्ष देख्ने, सुन्ने वा थाहा पाउने व्यक्तिले त्यस सम्वन्धमा मौखिक प्रमाण दिएको हुनुपर्छ ।
स्पष्टीकण:  दफा १०, ११ वा १२ बमोजिम प्रमाणमा लिन हुने कुरा सो कुरा व्यक्त हुँदाकै अवस्थामा सुन्ने वा थाहा पाउने व्यक्तिले साक्षीको रूपमा उपस्थित भई अदालतको समक्ष दिएको मौखिक प्रमाणलाई पनि यस उपदफाको प्रयोजनको लागि प्रत्यक्ष प्रमाण मानिनेछ ।